बहराइनमा थप ७७ जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२६ पुग्यो

बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासलाई पनि बहराइनले पहुँच दिएको छैन ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा अहिलेसम्म १८९ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ ।  जसमध्ये १८० जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।
अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् । 

Comments

Related News

Image

नेपाली पडकास्टर महिलालाई न्युयोर्कमा लिडरशीप अवार्ड

अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत नेपाली विद्यार्थी दिपिका श्रेष्ठले सन् २०१९ को ‘एलसीयु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्राप्त....

Image

किताब चोरेको आरोप लागेपछि राजदूतले दिए राजीनामा

मेक्सिको सिटी : पसलबाट किताब चोरेको आरोप लागेका मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् ।उनले  स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अर्जेन्टिनामा मेक्सिकोका राजदूत....

Image

अयोध्या फैसलामा पाकिस्तानको आक्रामक प्रतिक्रिया

२३ कात्तिक, काठमाडौं । अयोध्यामा मन्दिर र मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले गरेको फैसलामा पाकिस्तानले आक्रामक प्रतिक्रिया दिएको छ ।....

PALUNG WEATHER