बहराइनमा थप ७७ जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२६ पुग्यो

बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासलाई पनि बहराइनले पहुँच दिएको छैन ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा अहिलेसम्म १८९ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ ।  जसमध्ये १८० जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।
अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् । 

Comments

Related News

Image

भारतमा बलात्कार: यौन हिंसालाई सम्बोधन गर्न न्यायप्रणाली कमजोर

एक महिलालाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका चार पुरुषहरू दक्षिण भारतमा मुठभेटमा मारिएको घटनाले भारतको न्यायप्रणालीप्रति चासो....

Image

किताब चोरेको आरोप लागेपछि राजदूतले दिए राजीनामा

मेक्सिको सिटी : पसलबाट किताब चोरेको आरोप लागेका मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् ।उनले  स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अर्जेन्टिनामा मेक्सिकोका राजदूत....

Image

ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

रियो दि जेनेरियो ब्राजिलका पूर्वराष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त भएका छन् । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उनलाई....

PALUNG WEATHER