मकवानपुरमा भुकम्पपछिको विद्यालय पुनर्निर्माणः अवसर र चुनौति

सन्दर्भ
आज बैशाख १२ गते, आजैका दिन २०७२ सालमा विनासकारी भुकम्प गएको थियो । समयक्रमले आज पाँच वर्ष पुगिसके पनि भुकम्पको त्रास हाम्रा मन मस्तिष्कमा अझैपनि रहिरहेको छ । भुकम्प पश्चात निजी तथा सार्वजनिक संस्थाको पुनर्निर्माण कार्य अन्तिम अन्तिम चरणमा पुगिसकेको अवस्था रहेपनि सतप्रतिशत निर्माण कार्यको प्रगति हासिल गर्न अझै धेरै मेहनत गर्न आवश्यक छ । पुनर्निर्माण कार्य रÏतारमा दौडिएको समययमा कोरोना भाइरसको संक्रमणका कारण हाल भौतिक निर्माण कार्य स्थगित छ । लकडाउनका कारण भूकम्प गएको दिनको सम्झनामा केन्द्रदेखि स्थानीयस्तरसम्म कुनैपनि औपचारिक कार्यक्रम नभएपनि यसबारे घर, परिवार, सञ्चारका माध्यम र सामाजिक सञ्जालमा चर्चा परिचर्चा गरिएको छ ।

प्राकृतिक प्रकोपमध्ये भुकम्प जोखिमको दृष्टिले नेपाल संवेदनशिल अवस्थामा रहेको छ । भुकम्प जोखिमको सवालमा विश्वमा नेपाल ११ औं स्थानमा रहेको देश हो । हाम्रो अघिल्लो पुस्ता र हामीले वि.स. १९९० र २०४५ को भुकम्प र त्यसको क्षतिलाई व्यहोरिसकेका छौं । पछिल्लो समयमा गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाई आएको विनासकारी भुकम्प र त्यस पछिका पराकम्पहरुको असरबाट नेपालमा ठूलो जनधनको क्षति हुन पुगेको सर्वविदितै छ । २०७२ को भुकम्पका कारण देशभर ८८५७ व्यक्तिले ज्यान गुमाए भने तीनलाख पचास हजार मानिसहरु घरवार विहिन भएका थिए ।

उक्त भुकम्पबाट विशेषगरी ३१ जिल्लामा निजी आवास, पुरातात्विक सम्पदासंगै शैक्षिक क्षेत्रमा समेत उल्लेख्य मात्रामा क्षति भएको थियो । भुकम्पका कारण करिब ८००० विद्यालयहरु क्षतिग्रस्त भएका थिए । भुकम्पबाट क्षति पुगेका ३१ जिल्लामध्ये १४ अति प्रभावित जिल्लाको रुपमा रहेको थियो भने बाँकी १७ जिल्लामा आंशिक क्षति हुन पुगेको थियो । भुकम्पबाट क्षति भएका निजी आवास तथा सामुदायिक विद्यालय तथा अन्य संरचनाहरुको योजनावद्घ र प्रभावकारी रुपमा भुकम्प प्रतिरोधी पुनर्निमाण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालय मातहतमा रहने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना गरिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत काम गर्ने गरी केन्द्रमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्लामा जिल्ला आयोजना कार्यान्वयन इकाई स्थापना गरिए । नितान्त सामुदायिक विद्यालय भवन पुनर्निर्माण गर्न केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मातहत जिल्ला तहमा आर्थिक वर्ष. २०७३÷०७४ देखि जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट भुकम्पबाट क्षति भएका विद्यालयहरु पुनर्निर्माण कार्यमा आवश्यक प्राविधिक सहयोग, सहजीकरण र रकम निकासा भैरहेको अवस्था छ ।

मकवानपुर जिल्ला भुकम्पबाट अति प्रभावित भएका १४ जिल्लामध्ये एक जिल्ला हो । यस जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउपालिका गरी दशवटा स्थानीय तह रहेको छ । यी स्थानीय तहभित्र अनुमति लिई सञ्चालनमा रहेका कुल ५१६ विद्यालयमध्ये भुकम्पका कारण ४०९ विद्यालयमा क्षति पुगेको थियो । सबै विद्यालयमा गरी कुल २३१० कक्षाकोठा पूर्ण रुपमा क्षति र १४५४ कक्षाकोठामा सामान्य रुपमा क्षति भएको थियो । ती भवनहरुका कक्षाकोठा निर्माणका लागि आपतकालिन विद्यालय पुनर्निर्माण आयोजना ९भ्क्च्ए० अन्तरगत ठेक्का प्रणाली, विद्यालय व्यवस्थापन समिति र विभिन्न दातृ सघंसस्था मार्फत गरी तीनवटा मोडालिटिमा विद्यालय पुनर्निर्माणको कार्य सञ्चालनमा रहेको छ ।

उद्देश्य तथा सञ्चालित कार्यक्रम

जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा निश्चित समयका लागि स्थापित भएको आयोजना हो । यसको मूल उद्देश्य भुकम्प पश्चात खुला आकाश मुनि रहेका विद्यार्थीहरुलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउने, भुकम्पबाट क्षति भएका सामुदायिक विद्यालयहरुलाई भौतिक रुपमा सुदृढ, सुरक्षित र बालमैत्री विद्यालयको रुपमा निर्माण गर्ने, गराउने र सम्भावित स्रोतहरुको अधिकतम उपयोग गरी विद्यालय पुनर्निर्माणलाई व्यबस्थित बनाउने रहेको छ ।

यस आयोजनाका सहायक उद्देश्यहरुमा विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण गरी खुल्ला दिसामुक्त क्षेत्र तथा स्वच्छ वातावरण बनाउने अभियानमा टेवा पु¥याउने, विद्यालयको वाहिरी वातावरण सुन्दर र सुरक्षित बनाउने, भुकम्प प्रतिरोधी प्रविधिको प्रतिछाँया गाँउघरका आम जनमानसमा पु¥याउने रहेको छ । मकवानपुर जिल्लामा विद्यालय पुनर्निर्माणका लागि विगतदेखि प्राप्त भएका विद्यालय भौतिक निर्माणका कार्यक्रमहरु निम्न रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण भइरहेका विद्यालय भवन तथा कक्षाकोठामा २ कोठे व्लक,३ कोठे व्लक, ४ कोठे आरसिसि, ६ कोठे आरसिसि ८ कोठे आरसिसि जम्मा भवन कक्षा कोठा ७ सय ९३ वटा कोठा वनिसकेका छन् ।

त्यस्तै गरी आर्थिक वर्ष २०७५÷७६ दोश्रो चरणमा प्राप्त कार्यक्रममा ७० वटा शौचालयहरु रहेका छन् । यी माथि उल्लिखित विद्यालय भवनहरुमा गतवर्षको दोश्रो चरणमा प्राप्त भवनहरु बाहेक अन्य वर्षका विद्यालय भवन सबै निर्माण सम्पन्न भइसकेका छन् । यस आर्थिक वर्षमा केही सङ्ख्यामा शौचालय निर्माण र विद्यालय खानेपानीका कार्यक्रमहरु प्राप्त भएका छन् ।

जापान सरकारको ऋण सहयोगमा केन्द्रबाट टेण्डरमार्फत निर्माण भइरहेका भवन तथा कक्षाकोठा क्रस कार्यक्रम विद्यालय संख्या कक्षाकोठामा जम्मा ४७२ कोठा बनीसकेका छन् ।

त्यस्तै गरी गरिवी निवारणका लागि जापानी अनुदान अन्तर्गत एसियाली विकास बैकको ऋण सहयोगमा ४८ कक्षाकोठा रहेको होस्टल, चमेनागृह र भवन सहितको नमूना विद्यालय निर्माण भई हस्तान्तरण भइसकेको अवस्था छ ।

ग).संघ संस्था मार्फत निर्माण भएका विद्यालय र कक्षाकोठा

भुकम्पबाट क्षति भएका विद्यालयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुले तत्कालिन अवस्थामा स्थायी प्रकृतिजस्तै अस्थायी भवनहरु निर्माणमा सहयोग पु¥याएका थिए । त्यस्तैगरी प्लान नेपाल, एस्थर बेन्जामिन, दिगो विकासका लागि एकता नेपाल, केयर नेपाल र कोसान नेपाल नामक संस्थाले २६ विद्यालयमा ११४ कक्षाकोठाको स्थायी भवन पुनर्निर्माण गरेका छन् । भने युएस एआइडिको आर्थिक सहयोगमा ६ वटा विद्यालयको लागि चाहिने आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारहरु निर्माण भइरहेको अवस्था छ ।

विद्यालय निर्माण प्रक्रिया र प्रगति

जिल्लामा पुनर्निर्माण भइरहेका विद्यालयको निर्माण प्रक्रियालाई हेर्दा विद्यालय छनौट देखि नै हेर्नुपर्ने हुन्छ । भुकम्पबाट क्षति भएका विद्यालय पुनर्निर्माणको लागि तीनवटा मोडालिटी अनुसार कार्य हुने गरेकोमा केन्द्रबाट टेण्डर प्रक्रिया अपनाइएका ४१ विद्यालयहरुमा चारवटा निर्माण व्यवसायीहरुको फर्ममार्फत निर्माण कार्य भएका छन् । ठेक्का प्रक्रियाबाट निर्माण हुदै गरेका विद्यालयहरुमा प्राविधिक परामर्शका लागि ओसिजी कन्सल्टिङ मार्फत अनुगमन, सुपरीवेक्षण र परामर्शको कार्य हुने गरेको छ भने जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत समेत सहजीकरण र अनुगमन हुने व्यवस्था छ ।

विद्यालयहरुको पुनर्निर्माणको लागि आवश्यक रकम केन्द्रबाट नै भुक्तानी हुने व्यवस्था गरिएको छ । ठेक्का प्रक्रियाबाट निर्माण भइरहेका ४१ विद्यालयमध्ये हालसम्म २२ विद्यालय हस्तान्तरण भइसकेका छन् भने बाँकी २० विद्यालयमा द्रुत गतिमा निर्माण कार्य भैरहेको अवस्था छ । केही अपबाद बाहेक तोकिएको समयसीमाभित्र कार्य सम्पादन गर्न निर्माण व्यवसायीसंग समन्वय र पत्राचार भैसकेको छ ।

विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण हुने विद्यालयहरुको हकमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत वार्षिक कार्यक्रम प्राप्त भएपश्चात आवेदन सङ्कलन गरी आवश्यक्ताको आधारमा विद्यालय छनौट गरिन्छ । पुनर्निर्माणका लागि छनौट भएका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रअलाई निर्माण गर्ने विधि, प्रयोग गरिने सामग्री र रकम निकासा हुने तरिका लगायतका विषयमा अभिमुखीकरण गरी सम्झौता पश्चात व्यवस्थापन समितिले आफैले सामग्री व्यवस्था गरी तालिमप्राप्त मिस्त्री प्रयोग गरी गराई भोतिक निर्माण गर्ने प्रावधान रहेको छ ।

यसरी निर्माण हुने २५२ विद्यालय भवनहरुमध्ये हालसम्म २०७ वटा निर्माण सम्पन्न भइसकेको र ४५ विद्यालय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढेको अवस्था छ । त्यस्तै गरी गतवर्षप्राप्त भएको ७० वटा शौचालयहरु भवन निर्माण कै प्रक्रिया पुरा गरी निर्माणको अन्तिम चरणमा रहेका छन् । गरिवी निवारणका लागि जापानी अनुदान अन्तर्गत एसियाली विकास बैकको ऋण सहयोगमा ४८ कक्षाकोठा रहेको होस्टल, चमेनागृह र भवन सहितको नमूना एक विद्यालय निर्माण सम्पन्न भैसकेको अवस्था छ ।

विद्यालय पुनर्निर्माणको अवस्थालाई हेर्दा हालसम्म ८३ प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने बाँकी निर्माण कार्यमा तीव्रता दिइएको छ । विद्यालय पुनर्निर्माणमा तीन आर्थिक वर्षको खर्च हेर्दा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत विद्यालय व्यवस्थापन समितिबाट निर्मित भवन निर्माणका लागि प्राप्त रु.८२,९४,३८,५१६।–.रकम मध्ये रु.८२,०१,९०,२७६।– (९८.८५) खर्च भएको छ भने जाइका ऋणतर्फ रु.१५१७९०८९१० ।– र नमूना विद्यालयतर्फ रु.११००००००० ।– खर्च भएको छ ।

पुनर्निर्माणमा भएका अभ्यास र समस्या

विद्यालय पुनर्निर्माणको साढे तीनवर्षे यात्रामा जिल्लामा केही असल अभ्यासहरु स्थापित भएका छन् । भुकम्प प्रतिरोधी भवन तथा भौतिक पूर्वाधारको विकास गर्नुपर्दछ भन्ने आम मान्यताको विकास भएको छ । भुकम्प प्रतिरोधी प्रविधिको प्रतिछाँया गाँउघरका आम जनमानसमा पु¥याउने काममा विद्यालय निर्माणले सहयोग गरेको निर्माणमा संलग्न मिस्त्री तथा पदाधिकारीले व्यक्त गर्ने गरेका छन् ।

विद्यालय निर्माणका लागि सहजीकरण गर्न निर्माण सहयोगी पुस्तिका वितरण गर्नु, सम्झौतासंगै अभिमुखीकरण कार्यक्रम तथा निर्माण अवधिको बीचमा प्रगति समीक्षा गरिनु, विद्यालय पुनर्निर्माणको अनुगमनका लागि जिल्लास्तरीय संयुक्त टोली परिचालन हुनु, भवन छनौट तथा निर्माण सम्बन्धमा स्थानीय तहसंग समन्वय गरिनु, संघसंस्थाबाट निर्माण भएका निर्माण कार्यको अनुगमन गर्नु र स्थानीय संञ्चार माध्यम मार्पmत पुनर्निर्माण हुने विद्यालयको गुणस्तर तथा व्यवस्थापन सम्बन्धी सूचना सम्प्रेषणको लागि समन्वय गरिनु तथा निर्माणका लागि गुणस्तरीय सामग्रीको व्यवस्थाका लागि जागरुक हुनु केही असल अभ्यासको रुपमा लिन सकिन्छ । यति हुदाँ हुदै पनि विद्यालय पुनर्निर्माणमा केही समस्याहरु भोगिएका छन् विशेषगरी दुर्गम तथा टाढा स्थानमा बाटोको कारणले ढुवानीमा समस्या पर्नु, वर्षाको कारणले छिटै निर्माण कार्य बन्द हुने र निर्माण कार्य थालनी समेत ढिलाइ हुने, दुर्गम स्थानमा बाटो नपुगेका कारणले क्षति भएका विद्यालयहरु निर्माण गर्न नसक्नु, गाँउमा दक्ष मिस्त्री नपाइनु र मिस्त्री पाइए पनि टिकाउन नसक्नु तथा केही विद्यालयमा जग्गा अभावले निर्माण गर्न कठिनाई हुनुु जस्ता समस्याहरु भोगिएका छन् ।

अवसर र चुनौति

विद्यालय पुनर्निर्माण कार्यमा अवसर र चुनौति दुवै रहेका छन् । भूकम्प आउनु आफैमा राम्रो होइन तर २०७२ सालको भुकम्प विद्यालय बन्द भएको दिनमा आएको थियो यदि विद्यालय खुलेका दिनमा यस्तो अवस्था भइदिएको हो भने हामीले कल्पना गरेभन्दा धेरै बढी मानवीय क्षति व्यहोर्नु पर्ने थियो । संयोग नै भनौ यो हाम्रो लागि अहोभाग्यका कुरा हो । आज भुकम्पबाट क्षति भएका विद्यालयमा पुनर्निर्माण भएका विद्यालयको अवस्थालाई मध्यनजर गर्ने हो भने भुकम्प हाम्रो लागि पुनर्निर्माण गर्ने राम्रो अवसर प्राप्त भयो भन्न सकिन्छ ।

त्यस्तैगरी भुकम्प प्रतिरोधी भवन संरचना प्राप्त हुनु, अपाङ्गमैत्री र बालमैत्री विद्यालय भवन पाउनु र समाजको एउटा चिनारीको रुपमा विद्यालय पुनर्निर्माण हुनु धेरै राम्रो पक्षको रुपमा लिन सकिएला । भौतिक संरचनाका कारण हुने असजिलो यसले सहज बनाइदिएको छ यसबाट बालबालिकाको पठनपाठन सहजरुपमा बालमैत्री र प्रविधिमैत्री बनाई गुणस्तरीय बनाउन हामीलाई अवसर प्रदान गरेको छ ।

विद्यालय पुनर्निर्माणमा केही चुनौतिहरु समेत देखिएका छन् । विशेषगरी भौतिक संरचनाको विकास भएपनि त्यसमा अपेक्षा गरे अनुसार विद्यार्थी जुटाउन नसक्नु, अभिभावकको विश्वास जित्न नसकिनु र अपनत्व भाव सिर्जना हुन नसक्नु चुनौतिको रुपमा लिन सकिन्छ । त्यस्तै गरी निर्माण भएका विद्यालय र शौचालयको उचित प्रयोग, सरसफाई व्यवस्थापन र दिगोपना हुन नसक्दा भौतिक सम्पत्ति त्यसै खेर जाने अवस्था देखिएको छ । हाल ठूलो रकममा निर्माण भएका विद्यालय भवनहरुको मर्मतका लागि कुनै पनि मर्मत संम्भार कोषको व्यवस्था गरिएको छैन । कुनै एउटा विद्यालयको भवनमा लाग्ने रङ रोगनमा मात्र लाखौ रकम जरुरत पर्दछ भने अन्य मर्मतमा समेत त्यत्तिकै रकम आवश्यक हुन्छ ।

पुनर्निर्माण भएका विद्यालयमा यी विषयहरुमा छलफल गर्ने र दिगो किसिमले व्यवस्थापन गर्न समयमै ध्यान दिन सकिएन भने केही वर्षमा नै पुनर्निर्माण भएका विद्यालयहरुको अवस्था कमजोर हुन पुग्दछ । यसर्थ विद्यालयले अभिभावकसंग राय परामर्श गरी स्थानीय तहलाई समयमै यस बारेमा ध्यानाकर्षण गराउने र गर्न सक्ने सम्भाव्य कार्यहरु तत्कालै शुरु गरेमा मात्र भौतिक संरचनाको दिगो उपयोग गर्न सकिएला । पुनर्निर्माण भएका र हुदै गरेका विद्यालयहरुले भौतिक संरचनाको दिगो उपयोग, व्यवस्थापन, संरक्षण र मर्मत सम्भारका लागि समयमै सभाव्य उपायहरु खोजी गर्न ध्यानाकर्षण गराउन सान्दर्भिक ठान्दछु ।

अन्तमा
भुकम्प लगायतको विपद् हामीले पटक पटक भोग्दै आएका छांै । हाल नोवेल कोरोना अर्थात कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त बनाएको अवस्था छ । यसबाट हामीलाई पनि प्रताडित बनाइरहेको छ विगतको भन्दा फरक तरिकाले महामारीसित जुध्नुपर्ने अवस्थामा हामी छौं । त्यस्तै गरी वर्षा याम लाग्दै गर्दा आउने हावाहुरी चट्याङ,बाढीपहिरो जस्ता विपद्बाट जोगिन समयमै विपद् सम्बन्धी पूर्व तयारीका योजना र कार्यहरु गर्न आजको दिनले पक्कै सचेत गराएको छ । हाल लकडाउनका कारण रोकिएका निर्माण कार्य सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर सुचारु गर्न सकिएमा पक्कै पनि केहि समयमा विद्यालय पुनर्निर्माण कार्य सम्पन्न होला कि १ भुकम्पप्रतिरोधी भौतिक संरचना निर्माण गर्न गराउन यस दिनको सम्झनाले पक्कै पनि हामीलाई सचेत गराउला । भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति पुन हार्दिक श्रद्धासुमन । -जनपत्रबाट

(लेखक जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख हुनुहुन्छ । )

Comments

Related News

Image

मकवानपुरमा भुकम्पपछिको विद्यालय पुनर्निर्माणः अवसर र चुनौति

सन्दर्भ आज बैशाख १२ गते, आजैका दिन २०७२ सालमा विनासकारी भुकम्प गएको थियो । समयक्रमले आज पाँच वर्ष पुगिसके पनि....

PALUNG WEATHER