राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्।  शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा  राष्ट्रपति भण्डारीले दुवै अध्यादेश खारेज गरेकी हुन्।  ‘मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् अध्यादेश र राजनीतिक दल सम्बन्धी अध्यादेशहरु खारेज गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। गत सोमबार मन्त्रिपरिषद् बैठकले यी दुई ऐन संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोही दिन भण्डारीले अध्यादेश प्रमाणिकरण गरेकी थिइन्।  अध्यादेश जारी भएलगत्तै राजनीतिक र नागरिक स्तरमा समेत व्यापक विरोध भएको थियो। चौतर्फी दबाब बढेपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

Comments

Related News

Image

अग्नि सापकोटाविरुद्धको मुद्दा डलर ल्याउने उद्योग मात्रैः रामनारायण बिडारी

लामो कसरतपछि सभामुखमा पक्का पक्की भएको अवस्थामा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाममा फरक फरक विवाद झिक्न थालिएको छ।....

Image

कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी....

Image

वित्तीय कारोबार गर्ने सहकारीका लागि छुट्टै ऐन ल्याइने

काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले वित्तीय कारोबार गर्ने सहकारी संस्थाका लागि छुट्टै ऐन ल्याउने तयारी गरिएको....

PALUNG WEATHER