नेपाली पडकास्टर महिलालाई न्युयोर्कमा लिडरशीप अवार्ड

अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत नेपाली विद्यार्थी दिपिका श्रेष्ठले सन् २०१९ को ‘एलसीयु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्राप्त गरेकी छिन् ।

१६० वर्षभन्दा पुरानो इतिहास रहेको द एलसीयु फन्ड फर वुमन एजुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुका लागि सहयोग हुने काम गर्दै आएकाले उक्त अवार्ड प्रदान गरेको हो ।

श्रेष्ठले विगत एक वर्षभन्दा बढी समयदेखि आफ्ना श्रीमानसँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट सञ्चालन गरिरहेकी छिन् ।

पडकास्टमा अमेरिकामा रहेका नेपाली र गैरनेपाली आप्रवासी युवापुस्तालाई करियर बनाउन मार्गनिर्देश गर्नेखालका कार्यक्रम बनाइन्छ ।

विभिन्न देशबाट अमेरिकामा बसाइँ सरेर आएका र यहाँ पनि आफ्नो करियरमा सफलता हासिल गरिरहेकाहरुसँग श्रेष्ठले पडकास्टमा अन्तरवार्ता लिने गर्छिन् ।

‘यो पडकास्ट गर्नुको मुख्य उद्देश्य नै अमेरिकामा आउने नयाँ पुस्तालाई यहाँ पनि आफ्नो करियरलाई निरन्तरता दिन सकिन्छ भनेर प्रोत्साहन दिनु हो, ‘ श्रेष्ठले भनिन्, ‘मैले कहिल्यै पनि सोचेकी थिइनँ कि यो पडकास्टको कामलाई यहँको समाजले यसरी महत्व दिँदै आएको रहेछ’ उनले थपिन् ।

नेपालमा बीबीसी मिडिया एक्सनमा ५ वर्षभन्दा बढी सञ्चारकर्मीको रुपमा काम गरेकी श्रेष्ठ अमेरिकामा इन्टरनेशनल अफेयर्समा स्नातकोत्तर गरिरहेकी छिन् ।

अंंग्रेजी भाषामा प्रशारण हुने उनकोे पडकास्ट युट्युबमा हेर्न सकिनेछ भने आइट्युन्स, स्पोटिफाई लगायत १० भन्दा बढी पडकास्ट प्लाटर्फममा सुन्न सकिन्छ ।

Comments

Related News

Image

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज सप्तरीको तिरुहुत गाउँपालिका–३, पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन....

Image

चित्लाङ–थानकोट सडक निर्माणमा ढिलाइ भएपछि चित्लाङबासी आन्दोलित

चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीले निरन्तर लापरबाही गरेको भन्दै स्थानीयले आइतबार बिरोध गरेका छन् । चित्लाङबासीले....

Image

बुलबुल आँधीका कारण बंगलादेश र भारतक‍ो जनजीवन प्रभावित

एजेन्सी बुलबुल आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु....

PALUNG WEATHER