बागमती प्रदेशसभाका सचिव खड्काको हेटौंडामा सपथ

संघीय संसदमा सहसचिवबाट राजिनामा दिएको भोलीपल्टै प्रदेशसभामा सचिव नियुक्त ।

 बागमती प्रदेशसभामा आजबाट नयाँ सचिवले काम थाल्नुभएको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सचिवमा नियुक्त हुनु भएका कृष्णहरि खड्कालाई आजै सपथ ग्रहण गराएसंगै आजैबाट काम सुरु गर्नुभएको हो ।

संघीय संसदमा विगत २५ वर्ष देखि हिजो सम्म सहसचिवका रुपमा कार्यरत खड्कालाई सभामुख सानुकुमार श्रेष्ठको सिफारिसमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नियुक्त गर्नुभएको थियो । आजै प्रदेशप्रमुखको नियुक्ती गरेसंगै आजनै सभामुख श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो ।

प्रदेशसभाका सचिव रामशरण घिमीरेले यही फागुन १७ गते अनिवार्य रुपमा अवकास प्राप्त गरेपछी खड्कालाई नियुक्त गरिएको हो ।

संघीय संसदमा पनि लामो समयसम्म काम गरेको अनुभवका आधारमा उहाँलाईनै नियुक्त गरिएको सभामुख श्रेष्ठले वताउनुभयो । अव संसदको काम राम्रोसंग अगाडी वडानका लागि थप सहजता भएको श्रेष्ठले वताउनुभयो ।

 

 

Comments

Related News

Image

सहकारीका सदस्यहरु उत्पादनमुलक कार्यसँग जोडिनु पर्ने-नेतृ महालक्ष्मी उपाध्याय‘डिना’

नेपाली काँग्रेसकी नेतृ एवं पूर्व जलश्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय‘डिना’ ले सहकारीका सदस्यहरु उत्पादनमुलक कार्यसँग जोडिनु पर्ने बताएकी छिन् ।....

Image

कर्मचारी समायोजनमा नयाँ व्यवस्था

काठमाडौंँ प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् । सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती....

Image

प्रचण्डको गिरिजा प्रसङ्ग आंशिक सही हो : नेता भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड....

PALUNG WEATHER