चारवटा पुल बन्ने पैसा विदेशी चुइङ्गम चपाएर स्वाहा !

काठमाडौं । नुन, चिनी र तेल भनेजस्तो अति आवश्यक खाद्य वस्तु होइन चुइङ्गम । तर, यसको आयातमा बर्सेनि करोडौं रकम विदेशिने गरेको छ ।

एक वर्षमा चुइङ्गमका लागि नेपालबाट विदेशिएको पैसाले २ सय मिटर लामा झण्डै ५ वटा पक्की पुल बन्छन् । जस्तो कि, डिभिजन सडक कार्यालय चितवनले त्रिशूली नदीमाथि बन्दै गरेको १९२ मिटर लामो पक्की पुलको ठेक्का १५ करोड ११ लाखमा लगाएको छ । अर्थात् त्यो पुल १५ करोड ११ लाखमा निर्माण हुन सक्छ । यता, गत आर्थिक वर्षमा नेपालीहरुले ७१ करोड रुपैयाँभन्दा धेरैको चुइङ्गम चपाएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष नेपालले २१ लाख ४७ हजार ९१७ किलो चुइङ्गम आयात गरेको थियो । उक्त आयातका लागि ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बाहिरिएको विभागले जनाएको छ ।

१२ करोडको चुइङ्गम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजश्व आर्जन गरेको छ

उक्त परिमाणको चुइङ्गम आयात हुँदा सरकारले भने ४३ करोड ९० लाख २० रुपैयाँ राजश्व आर्जन गरेको थियो ।

सरकारले आयात न्यूनीकरणका लागि काम गरिरहेको बताएको छ । तर आफ्नो देशमा उत्पादन नहुने र अति आवश्यक पनि नरहेको चुइङ्गम जस्तो वस्तुको आयातलाई निरुत्साहन गर्न सकेको छैन । यो आर्थिक वर्ष पनि चुइङ्गम आयात उस्तै छ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ४ लाख २७ हजार ३६० किलो चुइङ्गम किनिसकेको छ ।

चुइङ्गम किन्नमा मात्रै तीन महिनामा १२ करोड ७६ लाख ८४ हजार रुपैयाँँ मुलुकबाट बाहिरिएको तथ्यांकबाट देखिन्छ । १२ करोडको चुइङ्गम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजश्व आर्जन गरेको छ ।

अघिल्ला वर्षको ट्रेन्ड

भन्सार विभागको विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ मा २ लाख ४९ हजार ३०८ किलो चुइङ्गम आयात भएको थियो । उक्त आयातका लागि ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ नेपालबाट बाहिरिएको थियो । यस्तै आर्थिक वर्ष २०७३/७४ मा  ३६ करोड ८० लाख ५९ हजारको १२ लाख २९ हजार ४८३ किलो चुइङ्गम आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष ०७२/७३ मा १५ लाख ८४ हजार ७ सय ८७ किलो चुइङ्गम नेपालमा आयात भएको थियो । यसका लागि झण्डै ३५ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै आर्थिक वर्ष २०७१/०७२ मा  १५ लाख १४ हजार ४५३ किलो चुइङ्गम नेपालमा आयात भएको थियो । यसका लागि ४१ करोड ९१ लाख २६ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको थियो ।

अमेरिकादेखि ब्राजिलसम्मका चुइङ्गम नेपालमा

नेपालमा अमेरिकादेखि ब्राजिलसम्मका चुइङ्गम भित्रिने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा आउने चुइङ्गमको ठूलो हिस्सा भारतले नै ओगटे पनि  यूरोपको अष्ट्रिया, टर्कीदेखि बहराइन, बंगलादेश, ब्राजिल, चीन, जर्मनी, दक्षिण कोरिया, मलेसिया, थाईल्याण्ड र बेलायतबाट नेपालमा चुइङ्गम भित्रिएका छन् ।

Comments

Related News

Image

वर्षेनी छोरीको कुमारित्व परीक्षण गराउँछन् यी गायक

आमरुपमा कुनैपनि बुवा आफ्ना छोराछोरीसँग यौनका विषयमा कुराकानी गर्न हिच्किचाउँछन् । तर एकजना अमेरिकी गायक चाहीँ हरेक वर्ष आफ्नी छोरीकेा....

Image

किताब चोरेको आरोप लागेपछि राजदूतले दिए राजीनामा

मेक्सिको सिटी : पसलबाट किताब चोरेको आरोप लागेका मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् ।उनले  स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अर्जेन्टिनामा मेक्सिकोका राजदूत....

Image

आफ्नी ५० वर्षे आमाका लागि बेहुला खोज्दै यी युवती

हाम्रो समाजमा जब छोरीहरु २०/२२ वर्ष पुग्दछन् तर बाबुआमाले उनीहरुका लागि योग्य वर खोज्न सुरु गर्दछन् । छिमेकी मुलुक भारतमा....

PALUNG WEATHER