किताब चोरेको आरोप लागेपछि राजदूतले दिए राजीनामा

भिडियोमा उनले १० डलरको किताब चोरी गर्ने प्रयास गरेको देखाइएको छ। 

मेक्सिको सिटी : पसलबाट किताब चोरेको आरोप लागेका मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् ।उनले  स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अर्जेन्टिनामा मेक्सिकोका राजदूत रिकार्डो भलेरोले राजीनामा दिएका हुन्। भिडियोमा उनले १० डलरको किताब चोरी गर्ने प्रयास गरेको देखाइएको छ। 

७७ वर्षीय भलेरोले स्नायु रोगसम्बन्धी उपचार भइरहेको बताएका छन् । ब्वेनस आइरिजस्थित एक पसलबाट पुस्तक चोर्दै गरेको सीसी टिभीमा देखिएपछि उनलाई विदेश मन्त्रालयले फिर्ता बोलाएको थियो। 

गत अक्टोबरमा एल एटिनिओ ग्रयान्ड स्प्लेन्डिडको दराजबाट एक पुस्तक लिएर पसलबाट निस्किन लाग्दा त्यो पुस्तक पत्रिकामा बेरिएको पाइएको थियो। 

१० अमेरिकी डलर पर्ने त्यो पुस्तक जाकोमा कासानोभाको आत्मवृत्तान्त भएको बताइएको छ। घटनापछि राजदूत भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपील गरेपछि मुद्धालाई अगाडि बढाइएन। 

यसअघि भलेरोले मेक्सिकोका लागि विमान चढ्नुअघि ब्वेनस आइरिजको एजेइजा अन्तराष्ट्रिय विमानस्थलमा एक पसलबाट कमिज चोर्न खोजेको आरोप पनि लागेको थियो। 

मेक्सिकोका विदेश मन्त्रालयले आइतबार उनको राजीनामा स्वीकृत गरेको हो।
'रिकार्डो भलेरो एक महान व्यक्ति हुन्। उनी स्नायुसम्बन्धी समस्याको उपचार गराइरहेका छन् र म उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु,' मेक्सिकोका विदेश मन्त्रीले ट्वीट गरेका छन्। 

ब्रेन ट्यूमर भएर पनि बाँच्न सफल भएका भलेरोको आनीबानीलाई चिकित्सकले सन् २०१३ देखि नै नियाल्दै आएका छन् ।

-अन्नपूर्णपाेष्ट डट कमबाट

Comments

Related News

Image

नेपाली पडकास्टर महिलालाई न्युयोर्कमा लिडरशीप अवार्ड

अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत नेपाली विद्यार्थी दिपिका श्रेष्ठले सन् २०१९ को ‘एलसीयु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्राप्त....

Image

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज सप्तरीको तिरुहुत गाउँपालिका–३, पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन....

Image

भारतमा बलात्कार: यौन हिंसालाई सम्बोधन गर्न न्यायप्रणाली कमजोर

एक महिलालाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका चार पुरुषहरू दक्षिण भारतमा मुठभेटमा मारिएको घटनाले भारतको न्यायप्रणालीप्रति चासो....

PALUNG WEATHER