यसरी शुरु भयो ३ वर्षे इन्द्रायणी जात्रा (फाेटाे फिचरसहित)

थाहा–२ का नेवार र देउला समुदायको विशेष पर्वको रुपमा लिइने यो जात्रा हिन्दू धर्मअनुसार स्वर्गका राजा इन्द्रपत्नी इन्द्रायणीको प्रसङ्गसँग जोडिएको छ ।

मकवानपुरको थाहा नगरपालिकास्थित पालुङमा मध्यकालीन समयदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्रायणी जात्रा आज विहीबारबाट शुरु भएको छ ।
थाहा–२ का नेवार र देउला समुदायको विशेष पर्वको रुपमा लिइने यो जात्रा हिन्दू धर्मअनुसार स्वर्गका राजा इन्द्रपत्नी इन्द्रायणीको प्रसङ्गसँग जोडिएको छ ।


किंवदन्ती अनुसार सत्य युगमा देवगण  र दैत्यगणबीच युद्ध हुँदा दैत्यगणले देवगणलाई पराजित गरेपछि देवीदेवताको भागाभाग हुँदा इन्द्रायणी तत्कालीन समयमा १६ घर रहेको नेवार वस्तीमा लुक्न आएकी थिइन् । अत्यन्त सुन्दरी बालिकाको रुपमा आएकी इन्द्रायणीलाई नेवार समुदायले बास नदिएपछि नजिकै रहेको देउला समुदायले बास दिएका थिए । त्यसैबेला देखि इन्द्रायणीको मुर्ति देउला गाउँमा राखी जात्रा चलाउँदै आएको किंवदन्ती छ ।

जात्राको पहिलो दिन देउलाबस्तीमा राखिएको इन्द्रायणीसहित कुमारी, भगवति, कालाभैरब र गणेशको मूर्तिलाई विधिपूर्वक नेवार वस्तीमा ल्याइएको छ । उक्त मूर्तिलाई रथमा राखेपछि नेवारी संस्कृतिअनुसार थकु जुजु, १६ द्वारे र गाउँलेको पूजा भएपछि रथ उठाउने काम शुरु हुन्छ ।

तान्त्रिक विधिबाट संकल्प गरेपछि विधिपूर्वक रथलाई इन्द्रायणी चौरस्थित इन्द्रायणी माइको थानमा लगेपछि परम्परागत जात्रा शुरु हुन्छ ।
जात्राको पहिलो दिन नेवार समुदायले इन्द्रायणी माइलाई दुईवटा राँगा, दुईवटा बोका, कुखुराको भाले, परेवा र हाँसको पञ्च बलीसमेत दिने गर्दछन् ।

जात्रामा थाहा नगरपालिका–२ गोपालीगाउँबाट समेत शेती गणेशको रथ ल्याउने चलन रहेको छ । जात्रामा सहभागिता जनाउन र प्रसाद ग्रहण गर्न अहिले नेवार समुदाय र देउला समुदायका घरहरु पाहुनाजनले खचाखच भरिएका छन् ।

थाहा नगरपालिकाको इन्द्रायणी चौरमा पहिले गुठी व्यवस्थाअन्तर्गत सञ्चालन हुने जात्रा पछिल्लो समयमा गुठीको जग्गा रैतानमा परिणत भएपछि जात्रा संकटमा पर्दै आएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

 

 

 

Comments

Related News

Image

२६ गतेबाट ३ वर्षे इन्द्रायणी जात्रा शुरु हुने

मकवानपुरको पालुङमा मध्यकालदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्रायणी जात्रा यस वर्ष परेको छ । मंसिर शुक्ल पूर्णिमा अर्थात् यही....

Image

टिष्टुङको एेतिहासिक १२ वर्षे नाच काठमाण्डाै‌मा प्रदर्शन

मकवानपुर जिल्ला थाहा नगरपालिका स्थित प्राचीन टिष्टुङ बज्रबाराही क्षेत्रमा १२वर्षको अन्तरालमा नचाइने देविगण नाच काठमाडौंमा प्रदर्शन गरिएको छ । बज्रबाराही....

Image

‘घामड शेरे’ हेरेपछि सेलिब्रेटीले भने, ‘खोट दिने ठाउँ छैन’

काठमाण्डाै‌ शुक्रबारबाट हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आएको छ । रिलिजपूर्ण फिल्मको नामलाई कांग्रेस नेता शेरबहादुरसँग जोडेर विभिन्न....

PALUNG WEATHER