२६ गतेबाट ३ वर्षे इन्द्रायणी जात्रा शुरु हुने

जात्राको अवसरमा पहिलो दिन इन्द्रायणी माइको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पूजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ

मकवानपुरको पालुङमा मध्यकालदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्रायणी जात्रा यस वर्ष परेको छ । मंसिर शुक्ल पूर्णिमा अर्थात् यही मंसिर २६ गते बिहीबारबाट थाहा नगरपालिकाको इन्द्रायणी चौरमा ३ दिनसम्मका लागि इन्द्रायणी जात्रा हुने भएको हो ।

इन्द्रायणी भगवति कालाभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा हुँदै आएको इन्द्रायणी जात्राको अवसरमा पहिलो दिन इन्द्रायणी माइको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पूजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ । मेला अवधिमा थाहा नगरपालिका–२ का देउला समुदाय र नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् ।

इन्द्रायणी माइ थानमा  राती पञ्चबली सहित तान्त्रिक विधिबाट पुजा हुने गर्दछ ।  जात्रामा पाटनबाट आएका तान्त्रिक कर्माचार्यहरुले विशेष पूजाआजा गर्ने गर्दछन् ।

जात्रामा स्थानीय क्षेत्रका हजारौं भक्तजनहरु आउने गरेका छन् भने स्थानीय नेवार तथा देउला समुदायमा टाढाबाट आउने पाहुनाहरुले घरहरु खचाखच हुने गर्दछ । इन्द्रायणी माइको पूजा र भाकल गरेमा मनोआकाँक्षा पूरा हुने विश्वास रही आएको छ ।

भिडियाे हेर्न याे लिङ्क क्लिक गर्नुहाेस् :https://www.facebook.com/kumarnegee/videos/vb.1532445784/10221848905001777/?type=2&theater

 

Comments

Related News

Image

यसरी शुरु भयो ३ वर्षे इन्द्रायणी जात्रा (फाेटाे फिचरसहित)

मकवानपुरको थाहा नगरपालिकास्थित पालुङमा मध्यकालीन समयदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्रायणी जात्रा आज विहीबारबाट शुरु भएको छ । थाहा–२....

Image

नेपाली पडकास्टर महिलालाई न्युयोर्कमा लिडरशीप अवार्ड

अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत नेपाली विद्यार्थी दिपिका श्रेष्ठले सन् २०१९ को ‘एलसीयु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्राप्त....

Image

‘घामड शेरे’ हेरेपछि सेलिब्रेटीले भने, ‘खोट दिने ठाउँ छैन’

काठमाण्डाै‌ शुक्रबारबाट हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आएको छ । रिलिजपूर्ण फिल्मको नामलाई कांग्रेस नेता शेरबहादुरसँग जोडेर विभिन्न....

PALUNG WEATHER