हिमालयनका विद्यार्थीले गरे विज्ञान–प्रविधि प्रदर्शनी

प्रदर्शनीमा दुरवीनदेखि बर्षात्को पानी संकलन बाट सिंचाई प्रविधि, सौर्य प्रणाली, जलविद्युत गृह, ग्रिन हाउस, विद्युतीय कार, भ्याकुम क्लिनरसम्म

मकवानपुरको थाहा नगरपालिकामा पहिलोपटक विद्यार्थीहरुले विज्ञान र प्रविधिसम्बन्धी प्रदर्शनी गरेका छन् । थाहा नगरपालिका–४ स्थित हिमालयन इंगलिश सेकेण्डरी बोडिङ स्कूलमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान तथा प्रविधिसम्बन्धी जानकारीमुलक सामग्री प्रदर्शन गरिएको हो ।


बिहीबार विद्यालयकै प्राङ्गणमा १८ वटा स्टलमा राखिएको प्रदर्शनीमा दुरवीन, बर्षात्को पानी संकलन बाट सिंचाई प्रविधि, सौर्य प्रणाली, जलविद्युत गृह, ग्रिन हाउस, विद्युतीय कार, भ्याकुम क्लिनर लगायत रहेका थिए । कक्षामा आफूले हासिल गरेको विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञानलाई व्यवहारिक रुप दिन विद्यार्थीहरुले स्थानीय श्रोत र साधनको  प्रयोग गरेर विभिन्न सामग्री निर्माण गरेका थिए ।

प्रदर्शनीमा राखिएका विद्यार्थीहरुको विज्ञान तथा प्रविधिसम्बन्धी सामग्रीहरुको अवलोकन गर्न थाहा नगरका अन्य विद्यालयका शिक्षक र विद्यार्थीहरुसमेत आएका थिए । प्रदर्शनीबाट विद्यार्थीहरुमा थप हौसला मिलेको र उनीहरुको श्रृजनशीलतामा थप टेवा पुग्ने विद्यालयका संयोजक संगम कार्कीले बताए ।
 

 

 

Comments

Related News

Image

६३ बर्षमा हरिवंश, भन्छन्–‘सबैको मायाले झन् जवान हुँदैछु’

हाँस्य कलाकार हरिवंश आचार्यको ६३ औं जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका अधिकांश परिचित अनुहारको....

Image

वाह्, नेपाली कलाकारमा क्या क्रेज छ गोविन्दाको !

वीरगन्ज नेपाली आमाकी छोरी सुनिता अहुजासँग विवाह गरेपछि बलिउड सुपरस्टार गोविन्दाका लागि नेपाल पानी-पधेँरोझैँ भएको छ । उनी थुप्रैपटक नेपाल....

Image

प्रदीपको ‘प्रेमगीत ३’ मुहूर्त, लगानी कति ?

स्टारकास्टका कारण लामो समयदेखि चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को औपचारिक रुपमा छायांकन सुरु भएको छ ।....

PALUNG WEATHER