हेटौंडा मा चालक नै नभएको कार्यालयमा सवारी, बर्षौदेखि बेवारिसे

हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा ल्याबसहितको मोवाईल भ्यान चौरमा थन्किएर बसेको छ । बजारमा खाद्यवस्तु अनुगमन गर्दा सोही बखत अनुगमन गरिएकै स्थानमा क्वीक टेष्ट गर्न ल्याबसहितको बा. १ झ ९७४८ नम्बर यो सवारी सो कार्यालयलाई दातृ निकायको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपलब्ध गराएको थियो । तर सरकारी कार्यालयहरुले सार्वजनिक सम्पत्तिलाई कतिसम्म बेवारिसे र कामै नलाग्ने बनाउँछन् भन्ने अर्को नमूना सो भ्यानले समेत प्रष्ट बनाएको छ ।चालकको दरबन्दी नै नभएको हेटौंडाको खाद्य प्रविधि कार्यालयमा सो प्रयोगशाला सहितको सवारीका लागि आवश्यक परीक्षण कीट, इन्धन र सवारी मर्मतको बजेट केही नभएकाले बर्षौदेखि व्यवारीसे बन्दै आएको छ ।

कार्यालय प्रमुख सोमकान्त रिजालले विभागले ल्याबसहितको मोवाईल भ्यान उपलब्ध गराएको तर आफ्नो कार्यालयमा चालकको दरबन्दी नै नरहेकोले थन्किएर बसेको स्वीकार गरेका छन् ।

सरकारले सर्वसाधारण नागरिकलाई अनिवार्य सवारी बीमा गराउने गरेको भएपनि सरकारी नम्बर प्लेटको यो भ्यान ५ बर्षदेखि नविकरण छैन भने बीमा समेत गरिएको छैन ।हेटौंडाको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चौरमा बेवारिसे अवस्थामा रहेको खाद्य निरीक्षण ल्याबसहितको भ्यानको इन्जिन सहित टायर कुहिएर कामै नलाग्ने अवस्थामा पुगि सकेको छ ।

प्रयोगशालासहितको यस भ्यानको विषयमा विभागलाई पटक पटक ताकेता गर्दा पनि सुनुवाई नभएको बताईएको छ ।

चालकको दरबन्दी नै नरहेको उक्त कार्यालयममा विभाग सो भ्यान पठाउदा व्यवारीसे बन्न पुगेको छ । सो भ्यान प्रयोग विहिन बन्दा अनुगमनका क्रममा कार्यालयका प्राविधिकहरु बजारबाट खाद्य नमूना झोलामा बोकेर ल्यउँदै परीक्षण गर्दै आएका छन् ।

यसरी सरकारी संयन्त्रले सार्वजनिक सम्पत्तिलाई कतिसम्म बेवारिसे बनाउँछन् भन्ने प्रष्ट भएको छ ।

Comments

Related News

Image

आज १३ ‌औं गणतन्त्र दिवस,दिपावली गरेर दिवस मनाउन गृहमन्त्रालयको अनुरोध

  आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक....

Image

वाह ! काम होस् त थाहानगरको जस्तो

‘वाह ! क्वारेन्टाइन होस् त यस्तो पो,  सबै सुविधा रहेछ । यति सुविधा भएपछि विरामी अए भने निर्धक्क उपचार गर्छन् भाग्दै....

Image

बागमती प्रदेशका किसानलाई प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान वितरण प्रक्रिया सुरु

बागमती प्रदेश सरकारले किसानलाई प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान दिने प्रक्रिया सुरु गरेको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा....