५० अर्बको बजेट संसदमा प्रस्तुत गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रदेश सभामा आज प्रस्तुत गर्ने भएको छ । आज अपरान्ह ४ बजे प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने तयारी गरिएको हो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५० अर्बको बजेट ल्याउँदै छ । सरकारले चालू आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याएको थियो ।

प्रदेश सरकारले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षमा ५० अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । बजेट प्रस्तुतका लागि हिजो जेठ ३२ गतेबाट प्रदेश सभा बैठक सुचारु गरिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर बजेट तयार पारिएको मन्त्री ढुंगेलले बताएका छन् । कोरोना प्रभावलाई मध्यनजर गर्दै आगामी वर्षको बजेट तयार पारिएको मन्त्री ढुंगेलले बताए ।

आगामी आर्थिक वर्षको बजेटमा कृषिमा अनुदान भन्दा पनि कृषि ऋणलाई प्राथमिकता दिइएको, विदेशमा रहेका हजारौं युवा स्वदेश फर्कने तयारीमा रहेको र स्वदेशमै रहेका युवा पनि बेरोजगार रहेको अवस्थामा कृषिलाई प्राथमिकता दिएको मन्त्री ढुंगेलले बताए ।

बागमती प्रदेश सरकारलाई संघिय सरकारले १४ अर्व ८६ करोड ९८ लाख रुपैयाँ अनुदान दिएको छ । जुन समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान हो ।

Comments

Related News

Image

अत्यावश्यक काम नपरी हिड्दै हुनुहुन्छ ? म्यान क्याच स्टिकले समाउला है

लकडाउनको अवधिमा अत्यावश्यक अवस्थामा भन्दा बाहेक बजार डुल्नेहरुलाई प्रहरीले म्यान क्याच स्टिकको प्रयोग गरी नियन्त्रणमा लिने भएको छ । लकडाउन....

Image

मकवानपुरको कैलाशका नागरिकलाई दश वटा वसमा ल्याइदै

मकवानपुरको बिकट कैलाश गाउँपालिकाका नागरिकलाई आज काठमाण्डौंबाट दश वटा वसमा राखेर ल्याइदै छ । कामको शिलशिलामा काठमाण्डौमा बसेका नागरिकलाई गाउँपालिकाले....

Image

किसानका समस्या समाधान गर्दै कृषि विकास कार्यालय

लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या....