बागमती प्रदेशमा हालसम्म ४८ जना संक्रमित डिस्चार्ज

बागमती प्रदेशमा हाल सम्म १ सय ८५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । कोरोना भाइरसका कारण बागमती प्रदेशभरीमा चार जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

४६ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या ५ हजार ३ सय ३५ जना नाघ्दा बागमती प्रदेशमा भने एक सय ८५ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । 

Comments

Related News

Image

यो होनि त ! लकडाउनमा स्थानीय तहले गर्न सक्ने काम

नूतन वर्ष २०७७ लकडाउनमै बित्यो । तीनसातादेखि लगातार लकडाउन थियो । लकडाउन हट्ने सम्भावना पनि थिएन । तात्दो तापक्रममा कोरोनाको....

Image

कोरोना त्रासः बागमती प्रदेश सरकारले गरेका प्रयास

 बिश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको त्रास वढेसंगै बागमती प्रदेश सरकारले पनि राम्रा काम गरेको छ । कोरोनाको रोकथामका लागि आइसोलेसन,....

Image

संक्रमितको परिवारलाई कोरोना परिक्षणको लागि हेटौंडा ल्याईयो,रिपोर्ट आजै आउने

उत्तरी मकवानपुरका एक कोरोना संक्रमितको परिवारलाई बुधबार बिहान कोरोना परिक्षणकोे लागि हेटौंडा ल्याईएको छ ।थाहा नगरपालिका वडा नंबर ११ का....