कालापानीमा बाटो उद्घाटन गरेर भारतले चुनौती दियो, हामी एक भयौं: अध्यक्ष दाहाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललले भारतसँग आफूले पटकपटक वार्ताको प्रयास गर्दा पनि वातावरण तय नभएकाले आजको दिन आएको बताएका छन् । प्रतिनिधिसभामा नेपालको संविधाद द्रोसो संसोधनमाथिको दफावार छलफलमा बोल्दै उनले यसैलाई वार्ताको बिन्दु मानेर भारतसँगको सम्बन्ध अगाडि बढाउन नेपाल तयार रहेको बताएका हुन् ।

“नेपालले वार्ताको प्रयास गरिरहँदा बन्दाबन्दीको समयमा भारतका एक जना मन्त्रीले बाटो उद्घाटन गरेर नेपालीलाई चुनौती दिएजस्तो भयो । त्यसले हामीलाई एक हुन बाध्य बनायो”, दाहालले संसदमा भने “तपाईंहरूले घच्घच्याएकोमा धन्यवाद दिन चाहन्छौ। हामीले फेरि पनि भारतसँग दुष्मनि चाहेको छैनौं,  वार्ता र सम्वाद चाहेका छौं ।”

दाहालले नेपालले एक पटक र सँधैका लागि समाधान गर्ने उपायको खोजी गरिरहेको भन्दै अन्तिमसम्म गरेको प्रयास अझैं पनि जारी रहने बताए । “हामीले अहिले लोगोलाई परिवर्तन गरे पनि भारतसँगको वार्तालाई कसरी अगाडि बढाउने भनेर लागि नै रहेका छौं । भारत हाम्रो मित्र हो हामी थप मित्रवत हुन चाहन्छौं,” उनले भने  “यही बिन्दुबाट नेपालले वार्ताको वातावरण बनोस भन्ने चाहेको छ।”

Comments

Related News

Image

हेटौंडाको विकट क्षेत्रका नागरिकका समस्या बुझ्न गाउँमै पुगे मेयर

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र परेको विकट क्षेत्रका नागरिकका धेरै खालका समस्या रहेका छन् । विकट क्षेत्रका नागरिकका समस्या बुझ्नका लागि हेटौंडा....

Image

देउराली नजिक सुमाे दुर्घटना, १२ जना घाइते

काठमाडौंबाट वीरगन्ज जाँदै गरेको बिरगंज सुमो यातायातको सुमो मकवानपुरकाे देउराली नजिक दुर्घटना भएको छ । भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत....

Image

निर्वाचन आयोग राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।राष्ट्रियसभा....