कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुर जिल्लाका ९४ जना

नेपाली राजदूतावास दोहा कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका १० महिला सहित ८४ जना पुरुषको सूची सार्वजनिक गरेको हो ।

दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २१ जना कतार आइडी र भिसाको म्याद सकिएको र ४९ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ । ११ जुलाई सम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेका मध्ये मकवानपुर
जिल्लाका ८ जनामा जटिल स्वास्थ्य समस्या भएका कारण उनीहरुलाई घर जाने सूचीमा राखिएको हो । एक महिला सहित ७ जना पुरुषमा जटिल स्वास्थ्य समस्या रहेको दूतावासले जनाएको छ ।

दुतावासले कतारमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु हुने जनाएको छ । मकवानपुर मिलन केन्द्र कतारको तथ्याङक अनुसार मकवानपुर जिल्लाबाट कतारमा रोजगारीका लागि करिव २२ हजार जना आएका थिए ।

Comments

Related News

Image

थाहा नगरको तरकारी बिक्रीमा सहकारी संघको चासो

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण मकवानपुरको तरकारी उत्पादनको मुख्य क्षेत्र थाहा नगरको तरकारीको उचित बजार....

Image

मकवानपुरका ९ जना कोरोना आइसोलेसन वार्डमा

  मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा मकवानपुरका ९ सहित ११ जना भर्ना भएका छन्....

Image

समानताका लागि पुरुष सहभागिता विषयक हेटौंडामा छलफल

लैङ्गिक समानताका लागि पुरुष सहभागिता एवम रणनीति २०७५ विषयक छलफल कार्यक्रम आज हेटौंडामा भएको छ । सिवीन नेपाल मकवानपुरको आयोजनामा....