आज १३ ‌औं गणतन्त्र दिवस,दिपावली गरेर दिवस मनाउन गृहमन्त्रालयको अनुरोध

 

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो।

गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको हो। कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने हुने छैनन्।

Comments

Related News

Image

७० औँ प्रजातन्त्र दिवस : देशैभर विविध कार्यक्रम गरि मनाईंदै, टुँडीखेलमा विशेष प्रस्तुती

 जनताद्वारा जनताका लागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनिन्छ । एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य गरी....

Image

श्रमिकलाई वैशाख महिनाको पूरै तलब दिनुपर्ने, ५० प्रतिशत तुरुन्तै

औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि तलब पूरै पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार चालु आर्थिक वर्षको....

Image

मकवानपुरका दुई स्थानमा एकिकृत बस्ती निर्माण गर्ने योजना स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मकवानपुरका दुईवटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले मकवानपुर जिल्लाका....

PALUNG WEATHER