बागमती प्रदेशमा ८५५२ जनाको पीसीआर जाँच

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो । कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म ८ हजार ५ सय ५२ जनाको पीसीआर जाँच गरिएको प्रदेशको सामाजिक विकसा मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।

प्रदेशका जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा पीसीआर जाँच गरिएको छ । काठमाण्डौमा ३ हजार २ सय १३ जनाको पीसीआर जाँच गरिएको उहाँले वताउनुभयो । त्यसैगरी ललितपुरमा १ हजार ३ सय ३९ जना, भक्तपुरमा ९ सय ३९ जना, रसुवामा सवै भन्दा कम ११ जनाको पीसीआर जाँच गरिएको डाक्टर सेडाईले जानकारी दिनुभयो ।

त्यसैगरी नुवाकोटमा २ सय ३७ जना, धादिङमा १ सय ४० जना, चितवनमा १ हजार १ सय ८५ जना, सिंधुलीमा ९७ जना, मकवानपुर जिल्लामा ३ सय ६४ जना, रामेछापमा ४३ जना, दोलखामा १५ जना, काभ्रेमा ६ सय ८६ जना र सिन्धुपाल्चोकमा २ सय ९३ जनाको पीसीआर जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Related News

Image

पैदल यात्रीलाई सोधपुछ गर्दै, सवारी साधनलाई रोक्दै स्थानीय

लकडाउनको दुई चरणसम्म पनि पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको र विभिन्न बहानामा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडीहरु चल्ने क्रम बढ्नुका....

Image

सुविधायुक्त सिभिल ईन्जिनियरिङ शिक्षालय सञ्चालनार्थ बत्सलादेवीमा महायज्ञ हुने

बागमती प्रदेश मकवानपुरको इन्द्रसरोवरमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयले सप्ताहब्यापी रुपमा महायज्ञ गर्ने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३....

Image

थाहानगर विपद व्यवस्थापन कोषमा एकैदिन १ लाख ८५ संकलन, क्वारेनटाइन संचालन गरिने

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि थाहा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा एकैदिन १ लाख ८५ हजार ५....